logo
Advertisement

बलिउड अभिनेता सञ्जय दत्तलाई तेश्रो स्टेजको क्या’न्सर

२८ श्रावण २०७७, बुधबार मा प्रकाशित

बलिउड अभिनेता सञ्जय दत्तलाई (तेश्रो चरण) फोक्सोको क्या’न्सर भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्या’न्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । सञ्जयलाई फोक्सोको क्या’न्सर भएको उनका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक भास्करले समाचार लेखेको छ ।

शरीरमा अक्सिजनको गडबडी देखिएलगत्तै अगष्ट ८ मा सञ्जयलाई मुम्बइस्थित लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उनलाई त्यसबेला सास फेर्न निकै सकस भएको थियो । उनको त्यसबेला कोरोना परीक्षण समेत गरिएको थियो । २ दिन लिलावती अस्पतालमा उपचार गरेर सोमबार उनी डिस्चार्ज भएका थिए ।

अभिनेता दत्तको परिवार भने ५ महिनादेखि ल’क’डा’उनका कारण दुबईमा रहेका छन् । सञ्जयकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्या’न्सर भएको थियो । उनकी आमाको क्या’न्सरकै कारण सन् १९८१ म नि’धन भएको थियो । सञ्जयलाई क्या’न्सर भएलगत्तै सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट दर्शक र सर्वसाधारणले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x