logo
Advertisement

दुर्गेश र गरिमाको ठट्टाले सामाजिक संजाल यसरी ततायो , गरिमा भन्छिन्: मलाई जव’रजस्ती बिवा’दमा तानियो

२५ असार २०७८, शुक्रबार मा प्रकाशित

कलाकार भएपछी उनिहरुको सामान्य भन्दा सामान्य कुरामापनी जन चासो हुनु कुनै नौलो कुरा हैन । तर तेही कुराको हेक्का अलकारले नगरिदिदा भने बेला बेलामा तिनै कलाकार बिवादमा तानी रहन्छन् । यस्तैमा यतिबेला टिकटक लाईभमा गायक तथा मोडल दुर्गेश थापा र टिकटक् स्टार तथा कलाकार गरिमा शर्माको लाईभ कुराकानीले यि दुईलाई बिवादमा तानेको छ ।

गत बिहिवार रजतपट् नामक एक टेलिभिजन कार्यक्रममा उनको सो बिषयलाई लिएर रिपोर्ट प्रसारण गरिदा गैमाले उक्त रिपोर्टलाई आपत्ति जनाएकी छिन् । गरिमाले सामाजिक संजाल फेसबुकमा आपत्ति जनाउदै स्टाटसमा लेखेकी छिन् कि :

सम्पुर्णमा नमस्कार,
म गरिमा शर्मा । केहि समयदेखि नेपाली कलाकारीतामा छु । यो क्षत्रमा रहँदा सकेसम्म विवादमा नफस्ने कोशिस गर्दा गर्दैपनि जबरजस्ती विवादमा तानिन्छ ।
यसै सन्दर्भमा
हिजो अर्थात् असार २४ गते साँझ एपिवान टेलिभिजन र रजतपट अनलाइन युट्युब च्यानलबाट प्रसारित कार्यक्रम रजतपटमा मेरो बिषयमा निर्माण गरिएको अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्टप्रति गम्भिर आपत्ती प्रकट गर्दछु ।
नेपाली कला क्षत्र र कलाकारहरुलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरुलाइ अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भर्त्सना पनि गर्छु ।

केहि दिन अगाडी टिकटक लाइवमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्रा टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो । उक्त संवाद कसरी शुरु भएको थियो र के सिसिलामा थियो भन्ने स-प्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु । तसर्थ त्यो हेरिसकेपछी थप प्रष्ट हुनेछ ।

उक्त सामाग्री तयार गर्नु अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसंग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्य तथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपुर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महशुस गरेको छु । तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउनु चाहन्छु ।

यसखालको भ्रामक र बदनियतपुर्ण खवरलाइ विश्वास नगरिदिनुहुन म आम् दर्शक र शुभेच्छुकहरुमा अपिल गर्दछु ! साथै यस अन्यायका विरुद्धमा बुलन्द आवाज बोलीदिनुहुन सबैमा अनुरोध गर्छु ।
यहाँहरुको अनवरत माया र सद्भावका निम्ति सदैव आभारी छु ।
नया छु , कमजोर अवस्य छैन 🙏
धन्यवाद् !
गरिमा शर्मा
२०७८-०३-२५

Recent Comments

Top