logo
Advertisement

आफ्नो जन्मदिनको अवसरमा रक्षाले आफ्नो दुई महिना अगाडी जन्मिएकी छोरीको तस्विर गरिन सार्वजनिक

२४ असार २०७८, बिहीबार मा प्रकाशित

भद्रगोल, सक्किगोनी, लगायतका चर्चित हाँस्यशृखलाकी चर्चित अभिनेत्री रक्षा श्रेष्ठ गुरुङ आमा बनेकी छिन् । आज रक्षाले आफ्नो जन्मदिनको अवसरमा दुई महिना अगाडी जन्मिएकी छोरीको तस्विर समेत सार्वजनिक गर्दै अहिलेसम्म गोप्य रहेको रहस्यको पर्दाफास गरेकी छिन् ।

हत्तपत्त आफ्नो निजी जीवनलाई बाहिर ल्याउन नचाहाने रक्षाले छोरी जन्मेको २ महिनापछि बल्ल तविर सार्वजनिक गरेपछि उनका फ्यान तथा आफन्तहरु चकित परेका छन् ।

बुधबार सामाजिक संजालमा छोरी र आफ्ना तस्विरहरु पोस्ट गर्दै रक्षाले लेखेकछिन् वैशाख २३ गते मैले छोरीलाई जन्म दिएकी हुँ । छोरी जन्माएको विषयलाई दुई महिना सम्म गोप्य राखेकी उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन्।

रक्षाका अनुसार उनकी छोरीको नाम माहिरा गुरुङ राखिएको छ । रक्षाले यसअघि विबाह गरेको कुरालाई वर्षौसम्म गोप्य राख्न सफल भएकी थिइन् ।

हेर्नुहोस् तस्बिरहरु –

Recent Comments

Top