logo
Advertisement

ऋतिक रोशन प्रति किन फिदा हुन्छन् युवती, पुर्व पत्निले गरिन खुलेर तारिफ !

२४ असार २०७८, बिहीबार मा प्रकाशित

ऋतिक रोशन बलिउडका यस्ता स्टार हुन् जसको शारिरीक बनावटलाई लिएर युवतीहरु लोभिने गर्दछन् । उनी ४७ बर्षको उमेरमा पनि झन तरुनो देखिदै गएका छन् । उनको फिटनेश झन् राम्रो बन्दै गएको छ । यसैकारण पनि उनी प्रति महिला फ्यानहरु अत्यन्तै आकर्षित हुने गरेका छन् ।

हालै उनको टोन्ड बडीमा खिचिएको फोटोमा उनको पुर्व पत्नी समेत एकदमै आकर्षित भएकी छिन् । उनको पुर्वपत्नी सुजैन खानले ऋतिकको फोटोमा रिएक्ट गरेकी छिन् । ऋतिक रोशनले एउटा ब्लाक एण्ड व्हाईट फोटो शेयर गरेका छन् ।

यो उनको क्लोजअप लुक्सले सबैको ध्यान खिचेको छ । उनकी श्रीमती सुजैन पनि यो फोटो बाट एकदमै प्रभावित भएकी छिन् । उनले किलर क्याप्सनका साथ ऋतिक रोशनको तारीफ गरेकी छिन् । जायेद खान, प्रीति जिन्टा समेत उनको फोटोमा लोभिएका छन् ।

हालै ऋतिक रोशनले डब्बर रत्नानीको क्यालेण्डर फोटोशुटमा आफ्नो बेयर बडी फोटो शेयर गरेका छन् । उनको यो तस्बीरमा डिरेक्टर–कोरियोग्राफर फराह खानले लेखेकी थिईन्– आश्चर्य छैन कि मान्छेहरु तिमीलाई ग्रीक गड भन्छन् । यो भन्दा पहिलाको फोटोमा उनकी पुर्वपत्नी सुजैनले तारिफ गर्दै लेखेकी छिन्– तिमी २१ बर्षे जस्तो देखिरहेको छौ ।

Recent Comments

Top