logo
Advertisement

दलित समुदायको वि’रोधका कारण रोकिएको टेलिसिरियल ‘जुठे’ फेरि सुरु

१० असार २०७८, बिहीबार मा प्रकाशित

टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । नि’षेधाज्ञा र दलित समुदायको वि’रोधका कारण केही सातादेखि बन्द सिरियल जुठे’ फेरि प्रसारणमा आउने भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियललाई राजु पौडेलले निर्देशन गरेका छन् ।

सिरियलका कलाकार तथा निर्देशक कलाकार राजु पौडेलले सामाजिक सञ्जालबाट समेत जानकारी गराएका छन् । उनले लेखेका छन् ‘ हाम्रो कार्यक्रम जुठे माथि दलित समुदायबाट विभिन्न टिका टि’प्पणी तथा गु’नासोहरू उठेपछि उक्त कुरालाई मध्यनजर राष्ट्रिय द’लित आयोगमा आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्मासँगै अन्य माननीय र सचिव ज्युहरुसँग जुठेको विषयमा छलफल गरियो ।

छलफल निकै सकारात्मक रह्यो अब आउँदा दिनहरुमा समाजमा रहेको छुवाछूत अनि मान्छे–मान्छे बीचको विभेदलाई हटाउन जुठे कार्यक्रम एउटा राम्रो माध्यम बनोस् भन्ने उहाँहरुको चाहना र उक्त चाहान पुरा गर्ने हाम्रो प्रतिबद्धता रहेको छ’ पौडेलले फेसबुकमा लेखेका छन्– ‘छलफलकै क्रममा अध्यक्षज्युले भन्नु भो हजुरहरुले ६५ लाख दलितहरुको आवज बोकेर हिन्नुभएको छ ।

यसलाई हामी सम्मान गर्नेछौं र आउँदो दिनहरुमा अहिले भएका कमी कमजोरीलाई सुधार्दै समाज रुपान्तरणमा दलित समुदायले खेलेको भूमिकालाई सकारात्मक ढंगले प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो । सल्लाह, सुझावको लागि राष्ट्रिय दलित आयोगप्रति हामी निकै आभारी छौँ ।’ त्यस्तै उनले ‘आजसम्मका भागहरुमा प्रस्तुत गरिएको केहि दृश्यहरुले दलित समुदायमा पर्न गएको असरप्रति क्षमा चाहेको बताएका छन् ।

राजु पौडेल ‘मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धु्र्बे’ को संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतको कलाकारको भुमिका रहेको छ । राहुल राई र घनश्याम पोखरेलको छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । योगेश काजीको संगीतरहेको छ ।

Recent Comments

Top