logo
Advertisement

कार्तिक आर्यनलाइ निकालेपछि करणले ‘दोस्ताना-२’मा अक्षय कुमारलाई लिए

१० असार २०७८, बिहीबार मा प्रकाशित

‘दोस्ताना-२’बाट कार्तिक आर्यन बाहिरिएपछि फिल्ममा ंअक्षय कुमारको इन्ट्रि भएको छ । र्देशक करण जौहर आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’को सिक्वेल ‘दोस्ताना-२’ बनाउने तयारी लागेपछि सुरुमा कार्तिक लाई लिएका थिए ।

उनी बाहिरिएपछि फिल्ममा अक्षय कुमार भित्रिएका हुन् । फिल्म अभिनयका लागि अक्षय कुमारले सहमती समेत जनाएको भारतिय मिडियाले जनाएका छन् ।

फिल्मको सुटिङ २०२२ मा शुरु हुनेछ ।अक्षय अहिले आफ्नो बाँकी प्रोजेटको काममा ब्यस्त रहेका छन् । अक्षय कुमारको हातमा फिल्म ‘बेल बटम’ र ‘अतरन्गी’मा समेत रहेका छन् । -एजेन्सी ।

Recent Comments

Top