logo
Advertisement

माधब नेपाल पक्षले गरे नँया दल दर्ता, फुट्यो एमाले

१० असार २०७८, बिहीबार मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् । योगमा कलम चिन्हसहित उनीहरुले नँया दल दर्ता गरेका हुन् ।

आयोगका अनुसार पार्टीलाई आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत दिइसकिएको छ । जीवन राईको अध्यक्षतामा दुई दिनअघि दल दर्ता गरिएको आयोगले जनाएको छ ।

वरिष्ठ नेता नेपाल पक्ष जीवन राईको नेतृत्वमा गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन गरिएको थियो । दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

Recent Comments

Top