logo
Advertisement

कमलकाे ‘फिका फिकामा’ पल र अनिशा(भिडियो)

१३ जेष्ठ २०७८, बिहीबार मा प्रकाशित

युवा पुस्तामाझ निक्कै लाेकप्रिय रहेका चर्चित गायक कमल खत्रीकाे नयां गीत रिलिज भएकाे छ । आफ्नै अफिसियल युटुव च्यानल मार्फत कमलकाे ‘फिका फिका’ बाेलकाे भिडियाे गीत रिलिज गरिएको हाे ।

‘फिका फिका’ गायनमा कमललाई गायिका मेलिना मैनालीले साथ दिएकी छिन् भने गीतमा अभिनेता पल शाहसंगै अनिशा पाेखरेल फिचर्ड भएका छन् ।

प्रेमी पल र प्रेमिका अनिशाकै वरिपरि घुमेकाे गीतकाे भिडियाेलाई भिमफेदी गाईज समुहले निर्देशन गरेका हुन् । आफ्ना हिट नम्बर झै मेलाेडियर प्लस डान्सिङ गीतलाई कमल स्वयमले शब्द र संगीतकाे काम गरेका झन् ।

‘फिका फिका’ गीतकाे भिडियाे हेर्नुस्\

Recent Comments

Top