logo
Advertisement

महेन्द्र राज बराल र समीक्षा अधिकारीको ‘सानुमाया ’ गीतमा जिबेश र दियाको अभिनय

५ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘सानुमाया ’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सानुमाया ’ एक प्रेमपुर्ण कोमल भावको स्पन्दन हो जसमा जिबेश गुरुङ र दिया जी सीको अभिनय रहेको छ ।

‘सानुमाया ’ को भिडियोमा किरण दाहाल र बिबेक मगरको निर्देशन तथा कथा रहेको छ।

यस गीतमा शब्द तथा संगीत हरि लम्साल को रहेको छ भने यो गीत महेन्द्र राज बराल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

‘सानुमाया ’ अघि महेन्द्र राज बरालको तिमी कहाँ , जोगी हैन भोगी , नभए सहारा , बोलिदेउ सान्नानी , रूमालै चिनो धोइधोइ , जस्ता गीतहरुबाट दर्शकको मन जित्न सफल भैसकेका छन् ।

Recent Comments

Top