logo
Advertisement

युटुव पत्रकारहरु सडकमा खाना बाड्दै, ४ दिनपछि खान पाउंदा आंखु रोकिएन्(भिडियो सहित)

२८ बैशाख २०७८, मंगलवार मा प्रकाशित

नेपालको यो बिकराल परिस्थितिलाई मध्ये नजर गर्दै नेपाल युट्युब पत्रकार संघ काठमान्डौले २०७८ साल बैसाख २८ गते बाट निशुल्क खाना खुवाउने ब्यबस्था गरेको छ । पछिल्लो समय देशमा निषेधाज्ञा जारि भईरहदा दिनुक ज्याला मजदुरी गरेरे दैनिकी गुजारा गर्ने र बिपन्न बर्गको लागि लक्षित गर्दै निशुल्क खाना खुवाउनि आयोजना गरिएको छ ।

यो अभियानामा देशै भरि सक्रिय रुपमा युट्युबमा पत्राकारिता गर्ने पत्रकारहरुको सहभागितामा उक्त्त अभियान संम्पन्न हुने पनि आयोजकले जानकारी दिएको छ । २०७८ /०१/२८ बाट सुरुहुने यो निशुल्क खाना खुवाउने यो अभियान दिनको एक टाईमा बेलुका मात्रै यो अभियान चलाउने जानाकारी दिनु भएको हो ।

नेपालको यो बिकराल परिस्थितिमा युट्युब पत्रकारहरुको पनि समाज प्रतिको त्यतिकै उत्तरदाहित्तो हुन्छ भन्दै यो कार्यक्रमको आयोजना गरेको निशुल्क खाना झुवाउने अभियानको सुरुवात गरेको अभियानको संयोजक मिलन सिंहले बताउनु भयो । हामीले आफ्नो लागि धेरै गर्यौ तर यो समय भनेको आफ्नो लागि मात्रै भन्दा पनि जनताको लागि सोच्नु पर्छ यति बेला देशमा संकट पर्दा हामि पत्रकारको पनि उत्तिकै जिम्मेबारी हुन्छ भन्दै उक्त कार्यक्रममा बोल्दै सस्थाको उपाध्यक्ष समेत सहेका भोजराज थापाले बताउनु भएको छ ।

यो अभियानले भने आर्थिक सहयोग नलिने समेत जानकारी गराउनुको साथै देशलाई संकट पर्दा युट्युबमा सकृय रुपमा लागेका पत्रकारले पनि महत्तोपूर्ण भूमिका खेल्छ भन्ने उद्देश्यका साथ यो अभियानको सुरुवात गरेको अभियानका संयोजकले जानकारी दिनु भएको छ । साथै यो अभियानलाई काठमान्डौ महानगरपालिका १६ का वडा अध्यक्ष मुकुन्द रिजालले पनि आफ्नो साथ सहयोग रहने समेत बताए र

यो अभियानलाई अर्को महत्तोपूर्ण सहयोग राधानी पार्टी प्यालेस जसले यो अभियानलाई खाना बनाउने स्थान र आबश्य सामग्री नि:सुल्क रुपमा उपलब्ध गराउनु आयोजकले भएको बताएका छन् । यसरीनै आगामी दिनमा पनि देश र जनताको लागि यसरि नै योगदान दिन तयार रहेको जानकारी समेत गराएका छन् ।

Recent Comments

Top