logo
Advertisement

२८ जना सांसदलाई कोरोना पुष्टि !

२५ बैशाख २०७८, शनिबार मा प्रकाशित

सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पो’जिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना प’रीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।

पिसिआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पो’जिटिभ देखिएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । यसअघि नौ सदस्यलाई कोरोना पो’जिटिभ देखिएको थियो । उहाँहरुसमेत हाल उ’पचारका क्रममा हुनुहुन्छ ।

पछिल्लो नतिजासँगै कोरोनाबाट सं’क्रमित हुने सांसद २८ पुगेका छन् । सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीस मेत एक हजार ३० को परीक्षण गरिएकामा १४१ जनालाई कोभिड–१९ पो’जिटिभ नतिजा प्राप्त भएको जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो । सचिवालयले संक्रमणलाई हेक्का गर्दै प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सिट व्यवस्थापन गरेको छ ।

सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निक्र्याेल गरिने छ । कोरोना पो’जिटिभ भएका सांसदलाई विश्वासको मतका सम्बन्धमा बैठकमा कसरी सहभागी गराउने भन्ने विषय अहिले चुनौतीका रुपमा छ ।

पिपिई लगाएका स्वास्थ्यकर्मीका सहयोगमा कोरोना देखिएका सांसदलाई बेग्लै कक्षमा राखेर मतदानमा सहभागी गराउन सकिने तर्कसमेत गरिएको छ । कोरोना संक्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेको तथा प्रमुख राजनीतिक दलभित्रै पनि आन्तरिक वि’वादले उत्कर्ष रुप लिइरहेका बेला हुन लागेको प्रतिनिधिसभाको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।
पोजेटिभ रिपोर्ट आएका २६ सांसद
– झलनाथ खनाल
– मुकुन्द न्यौपाने
– मायादेवी न्यौपाने
– पार्वती डिसी चौधरी
– राजेन्द्रप्रसाद गौतम
– नन्दलाल रोका क्षेत्री
– लालबाबु पण्डित
– लक्ष्मणलाल कर्ण
– नरमाया ढकाल
– महेश बस्नेत
– रामबाबु यादव
– गोपालबहादुर बम
– नमीता कुमारी चौधरी
– शान्तिमाया तामाङ
– विना कुमारी श्रेष्ठ
– रेनुका गुरुङ
– जुलीकुमारी महतो
– रघुवीर महासेठ
– किसान श्रेष्ठ
– सुरेश कुमार राई
– पुष्पा कुमारी कर्ण कायस्थ
– भानुभक्त ढकाल
– बीना मगर
– भरतकुमार शाह
– प्रमोद शाह
– दिपकप्रकाश भट्ट

Recent Comments

Top