logo
Advertisement

प्रहरीको यति ठुलो मान्छे, आफ्नो जन्मदिनमै यस्तो गरे, श्रीमती रुदैं मिडियामा आईन ‘मेरो हजुर घर फर्कनुस्’ (भिडियो)

२५ बैशाख २०७८, शनिबार मा प्रकाशित

प्रहरीका यति ठूलो पोष्टमा रहेका ब्यक्ति समाजमा न्याय दिलाउने काममा रहेका उनले नै आफ्नो श्रीमतीलाई धरधरी रुवाएका छन् । वुढेसकालमा सुखसंग बस्न पाइएला, धर्मकर्म गरौंला भन्ने थियो तर सबै चकनाचुर भयो । ११ महिना वित्यो श्रीमानविनाको जिवन बाँच्न परिरहेको छ ।

त्यो पनि वुढेसकालमा । राधादेवी न्यौपाने भरतपुर १२ राधाकृष्ण टोलकी हुन् । उनको श्रीमान हराएको २०७७ असार २७ गते उनी विहानै हराएका हुन् । त्यो दिन उनको जन्मदिन पनि थियो ।

श्रीमान् हराएपछि उनले ज्योतिषलाई हेराइन् त्यतीवेला ग्रहमा शनि संकटा भएकाले घर छोडेर हिड्नु पर्ने भएकाले हिडेका हुन् भनेकाले केही दिन कुरेर बसीन् । तर अझै नआएकाले उनी युट्युवमा आफ्नो घटना सार्वजनिक गरेकी हुन् ।

यदुनाथ न्यौपाने (प्रहरी सईवाट रिटायर्ड) भएका हुन् । २०६७ साल पुषवाट उनले जागिर पनि छोडेका हुन् । अब धेरै दुख नगर्ने भनेर म आफै गएर जागिर छुटाएर ल्याएको हो, जिवनभर दुख गर्नुभयो अब जति दुख गर्नुपरेपनि म गर्छु

जागिरमै जानुपरे पनि घरवाटै जाने ब्यवस्था मिलाउनु नत्र घरवाट टाढा नजानु भनेर आफुले भनेको बताइन् । उनले यति लामो वैवाहिक जिवनमा कहिल्यै नराम्रो पनि नभएको बताइन् । एउटा छोरा, बुहारी र नातिनी उनको घरमा छन् । जन्मदिन भन्दा अघिल्लो दिन वाहिर घुमेर आएका थिए ।

भोली नारायणी पुल देखि देउघाट सम्म वाढी हेर्न जाने हो गाडीमा भनेका थिए । भोलीपल्ट श्रीमानको जन्मदिन थियो त्यसैले उनी मन्दिर गइन् । अनि घर आउँदा श्रीमान घरमै थिए । पानी खान मागे पानी दिइन् । अनि उनी पुजा गर्न माथि कोठामा गइन् । तर ढिलो भइसकेपछि पनि श्रीमान पुजा गर्न नआएपछि उनी तल झर्दा श्रीमान् थिएनन् ।

Recent Comments

Top