logo
Advertisement

किरण गजमेर, अमेरिकाबाट ‘द भ्वाइस अफ नेपाल’मा भाग लिन नेपाल आए

२५ बैशाख २०७८, शनिबार मा प्रकाशित

किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन् । कारण हो ‘द भ्वाइस अफ नेपाल सिजन’मा उनको दिएको प्रस्तुति । ब्लाइण्ड राउण्डमा चारै जना जजलाइ आफु तिर घुमाउन सफल गजमेरले शुक्रवार ब्याटल राउण्डमामा समेत उत्कृस्ट प्रस्तुति दिदै नकआउट राउण्डमा प्रबेस गरेका छन ।

‘द भ्वाइस अफ नेपालु मा सहभागी हुनु अगाडी समेत उनले केहि गीतहरु बजारमा ल्याइसकेका थिए। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गजमेर भन्छन म जहा रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिलै कम भएन ।

रियालिटी शोमा सहभागी हुनैको लागि नेपाल आएका उनि नेपाली गीत संगीतमा केहि गर्ने चाहाना भएकाले सम्पूर्ण गीत संगीत प्रेमीहरुलाई भोटिंग गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

उनका ठुली ठुली, छपक्कै, मै बनाउला माली, समाउ हात मेरो लगायातका गीतहरु बजारमा आइसकेका छन् ।

Recent Comments

Top