logo
Advertisement

ड’रलाग्दो तरिकाले नेपालमा किन बढ्यो कोरोना ? आज फेरी कोरोनाको नयां रेकर्ड

२४ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

कोरोनाको अवस्था नेपालमा पनि चि’न्ता जनक रुपमा देखा पर्न थालेको छ । आज २४ घण्टामा थप थप ९,१९६ जना व्यक्तिमा को’रोना भा’इरस स’ङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म पुष्टि भएको स’र्वाधिक दैनिक वृद्धि सङ्ख्या हो ।

मन्त्रालयका अनुसार सो अवधिमा थप ५० जनाको कोभिड-१९ सम्बन्धी कारणले मृ’त्यु भएको विवरण प्राप्त भएको छ। हालसम्म कुल ३,५७९ जनाको मृ’त्यु भइसकेको छ । यो अवधिमा २,९०५ जना सङ्क्रमणमुक्त भएका छन्। काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा स’ङ्क्रमित फेला पर्ने क्रम जारी छ ।

रूपन्देहीमा पनि ठूलो सङ्ख्यामा स’ङ्क्रमण पुष्टि भएको छ । सरकारको तथ्याङ्क अनुसार शुक्रवार अपराह्णसम्म देशभरि ७८,६२९ जना पुष्टि भएका सक्रिय स’ङ्क्रमित छन् । तीमध्ये ५,८६० जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ ।

अस्पतालमा रहेकामध्ये ७२८ जना आ’ईसीयूमा र २३१ जना भेन्टिलेटरमा उ’पचाररत छन् । अहिले पीसीआर विधिसहित ए’न्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा स’ङ्क्रमितहरू फेला परेका हुन् । कुल २०,४८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा स’ङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शुक्रवार काठमाण्डू जिल्लामा ३,०८९ जना, ललितपुर जिल्लामा ६४३ र भक्तपुरमा ३७४ जनामा कोभिड पुष्टि भएको हो । त्यसैगरी झापामा २१६, मोरङमा २७३, चितवनमा ३४३, कास्कीमा ३९३, दाङमा ३६६, बाँकेमा २२२ र रूपन्देहीमा ७३० जनामा पनि स’ङ्क्रमण पुष्टि भयो ।

सरकारले सोमवार ७,४४८ जनामा स’ङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५७ जनाको मृ’त्यु एवं बिहीबार नौ हजार जनामा को’रोना भा’इरस स’ङ्क्रमण र ५४ जनाको मृ’त्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । – रासस

Recent Comments

Top