logo
Advertisement

भारतसँगका २२ वटा नाका बन्द हुँदै, निषेधाज्ञा थप कडा बनाउनुपर्ने निस्कर्ष

१९ बैशाख २०७८, आईतवार मा प्रकाशित

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र सिसिएमसी० को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले भारतसँग सीमा जोडिएका १३ वटा नाका खुला राखेर २२ वटा बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको हाे । क्वारेन्टिनसहित खुला राख्ने निर्णय भएका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, बिर्तामोड, गौर, वीरगंज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी छन् ।

उक्त सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । बैठकमा कोरोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका विषयमा पनि समीक्षा गरिएको थियो ।

सार्वजनिक निर्माणका सबै काम बन्द गर्न पनि सिफारिस गरेको उनले बताए । उद्योगहरु सञ्चालन गर्नुपर्ने भए मजदूर र कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरी सञ्चालन गर्न दिन प्रस्तावमा भनिएकाे छ ।

बैठकले नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । सीसीएमसीको सिफारिसमाथि मन्त्रिपरिषद्को आगामी बैठकमा छलफल हुने छ ।

वैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको जोखिम बढ्दो क्रममा रहेकाले सरकारको मात्रै प्रयासले यसको नियन्त्रण सम्भव नहुने बताएका थिए । जनता आफू पनि सचेत बन्नुपर्ने उनको भनाइ थियो ।

Recent Comments

Top