logo
Advertisement

पूजा शर्माको जन्मदिन…२९ बर्षिय चर्चित अभिनेत्री अब बिहेको तयारीमा आकाशको यस्तो उपहार(भिडियो)

१७ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

नेपाली फिल्म क्षेत्रकी सफल नायिका पूजा शर्मा आजबाट २९ बर्षमा प्रवेश गरेकी छिन् । वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धुपाल्चोकमा पूजाको जन्म भएको हो । उनै, पूजा म्यूजिक भिडियो, टेलिभिजन हुँदै फिल्ममा प्रवेश गरेकी हुन् । पूजाले आफ्नो करिअरको सुरुवात फिल्म ‘थ्रि लभर्स’बाट सुरु गरेपनि उनको करिअर चम्काउने चलचित्र भने ‘प्रेमगीत’ हो ।

६ बर्ष अगाडि रिलिज भएको यो फिल्मपछि पूजाले करिअरमा पछि फर्किएर हेर्नुपरेको छैन । यसपछि उनले अभिनय गरेका फिल्मले बक्स अफिसमा सफलता र असफलता जे भोगेपनि, उनले भने सुखद यात्रा तय गरिरहेकी छिन् ।पूजाले अभिनय गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट भयो ।

योसँगै उनका फ्यानहरुले उनीप्रति गर्ने प्रेम पनि बढ्दै गयो । पूजाले ‘प्रेमगीत’ अगाडि ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’ लगायतका चलचित्रमा काम गरेकी थिइन् । तर, उनलाई सफलता हात परेको थिएन । चलचित्रमा सफलता हात नपर्दा धेरै पटक पूजा भगवान्को अगाडि रोएकी पनि छिन् । तर, आज उनलाई दर्शकले अथाहा प्रेम दिएका छन् ।

पूजाको करिअरको टर्निङ पोइन्ट निर्देशक सुदर्शन थापासँग भेटपछि भएको मानिन्छ । सुदर्शनले उनीसँग ‘मधुमास’पछि निरन्तर सहकार्य गर्दै आएका छन् । सुदर्शनको निर्देशनमा पूजाले ‘मधुमास, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ लगायतका फिल्ममा काम गरिसकेकी छिन् ।

Recent Comments

Top