logo
Advertisement

लक्की मिडियाले गर्‍यो वरिष्ठ कलाकार मोहन निरौला लगायत टोलीलाई चितवनमा स्वागत

२९ चैत्र २०७७, आईतवार मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला लगायत टोलीलाई चितवनमा भब्य स्वागत गरिएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउसद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई भब्य स्वागत गरिएको हो ।

उनीहरुलाई लक्की मिडिया हाउस चितवनका निर्देशक तथा युवा उधमी समाजसेवी हेमन्त केसी “हरि” र महाप्रबन्धक हरि कार्की ‘लक्की’ले स्वागत गरेका थिए । स्वागतपछि चलचित्र क्षेत्रका समस्या, चिन्ता र चासोको बारेमा छलफल भएको थियो । छलफल कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाले पछिल्लो समय चलचित्र क्षेत्र धरायशायी हुंँदा आम कलाकारहरुलाई समस्या भएको बताए । कलाकार देशका गहना रहेको बताउंँदै उनले कलाकारको प्रतिभा र योगदानलाई कदर गर्नुपर्नेमा जोड दिए ।

२ सय ५० भन्दा बढी नाटकमा अभिनय गर्नु भएका निरौलाले सयौं नेपाली फिल्महरुमा कलाकार, लेखक, निर्देशक आदिको रुपमा काम गर्नु भएको छ । पछिल्लो समय उहाँ चलचित्रका अवार्ड समारोहहरु जुरीको रुपमा समेत सक्रिय हुनुहुन्छ ।

  • Recent Comments

    Top