logo
Advertisement

टिकटकमा भाइरल भयो नयाँ च्यालेन्ज, जुन पुरुषले सक्दैनन् महिलाले सक्छन !

५ चैत्र २०७७, बिहीबार मा प्रकाशित

काठमाडौं। लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमा नयाँ च्यालेन्ज भाइरल भइरहेको छ । यो च्यालेन्ज महिलाहरुले पूरा गर्न सक्ने तर पुरुषले नसक्ने भएका कारण पनि यसले धेरै चर्चा पाएको छ । सेन्टर अफ ग्रयाभिटी नामको यो च्यालेन्ज पूरा गर्न पुरुषहरु किन सफल हुँदैनन् भन्ने कुराले पनि निकै उत्सुकता बढाएको छ ।

यो च्यालेन्जमा सामान्यतया एक महिला र एक पुरुष हुन्छन् । उनीहरुले साथमा यो च्यालेन्ज पूरा गर्न प्रयास गर्छन् तर धेरैजसो महिलाहरु सफल हुन्छन् भने पुरुषहरु असफल हुन्छन् ।

यो च्यालेन्जको लागि महिला र पुरुष दायाँबायाँ घुँडा र कुहिनाले टेकेर घोप्टो परेर बस्छन् । उनीहरु दुवैको टाउको दुई हातको हत्केलामा हुन्छ । त्यसपछि उनीहरुले एक्कासी दुवै हात हटाइर आफ्नो पछाडि लैजानुपर्छ ।

यसो गर्दा महिलाहरुले हात पछाडि लैजाँदा पनि आफ्नो सन्तुलन कायमै राख्न सक्छन् तर पुरुषहरु भने अनुहारको बलमा भुइँमा लड्छन् । यो च्यालेन्ज भाइरल भएसँगै केहीले महिलाहरुको शरीर धेरै सन्तुलिन हुने धारणा राखेका छन् । केहीले भने महिलाको सेन्टर अफ ग्रयाभिटी फरक हुने भएकोले उनीहरुले यो च्यालेन्ज पूरा गर्न सकेको धारणा राखेका छन् ।

भाइस म्यागजिनमा प्रकाशित एक रिपोर्टअनुसार विज्ञानले पनि महिलाको सेन्टर अफ ग्रयाभिटीका विषयमा यही धारणा दिएको छ । एकेडेमिक जर्नल थ्योरिटिकल बायोलोजी एण्ड मेडिकल मोडलिङको एक अध्ययनका अनुसार महिलाको सेन्टर अफ ग्रयाभिटी पुरुषहरुको तुलनामा ८ देखि १५ प्रतिशत तल हुन्छ । यही कारण महिलाहरुलाई गर्भावस्थाको क्रममा हिँड्दा शरीर सन्तुलिन राख्न सहयोग प्राप्त हुन्छ ।

Recent Comments

Top