logo
Advertisement

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ मा

२५ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

युवा पुस्ता माझ निक्कै लोकप्रिय रहेका अनमोल केसीको फिल्म ‘ए मेरो हजुर ४’ ले रिलिज डेट लक गरेको छ । अनमोल र सुहाना थापा अभिनित फिल्म भदौ १८ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले बताएको छ । सोमबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । झरना थापाको निर्देशनमा निर्माण भएको फिल्ममा सुनिल कुमार थापाको लगानी छ ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा अनमोल र सुहानाले दोस्रो पटक जोडी बाँधेका हुन् । ‘ए मेरो हजुर ३’मा यस जोडीलाई अत्याधिक रुचाइएको थियो । फिल्ममा निर्देशक झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले निर्देशक थापा र गुरुङलाई पटकथा तथा संवाद लेखनमा सहयोग गरेका छन् ।

‘ए मेरो हजुर ४’मा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल कल्याण सिंहको संगीत, संजय लामाको डिओपी, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ । फिल्म को तेस्रो चरणको छायांकन फागुन २७ गतेबाट सुरु हुँदैछ ।

निर्माता सुनिल कुमा थापाका अनुसार अनुसार ‘ए मेरो हजुर ४’को केही सिन र गीतको छायांकन मात्र बाँकी छ । कोरोना महामारीका कारण रोकिएको फिल्म को कार्तिक १ गतेबाट पुनः छायांकन थालिएको थियो । फिल्म छायाँकनका लागि अमेरिकामा रहेकी सुहाना केही समय अघि नेपाल आएकी छिन् ।

Recent Comments

Top