logo
Advertisement

ज्योतिको आँखामा आँशु, निकै भावुक हुदै भन्छिन् मेरो रेट सोधिन्छ (भिडियो सहित)

२१ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

लोक गायीका तथा कलाकार ज्याती मगरलाई निकै बिन्दास महिलाका रुपमा हेरिन्छ । उनी गायनमा मात्र नभएर नाचमा पनि उत्तिकै पारंगत छन् । उनले एक नाच प्रतियोगीमा पनि निकै राम्रो प्रतिभा देखाइन् । उनी गीत गाउँदा संगै स्टेजमा नाच्छिन् ।

त्यसैले पनि उनको माग यस्ता कार्यक्रमहरुमा हुने गर्छन । तर निकै फरासिली र बोल्न नहिचकिचाउने ज्यातीले ब्यक्तिगत जिवनमा भने सोच्ने नसकेका घटना भोगेकी छन् ।

उनी महिला माथि इंकित गरेर बनाइएका कतिपय भनाई प्रति ज्योती सहमत छैनन् । भन्छिन्, एउटा घर राम्रो हुन महिलाको निकै राम्रो भूमिका हुन्छ भनिन्छ त्यो भनाई प्रति म सहमत छैन । पुरुषको कुनै जिम्मेवारी हुँदैन ? उनको प्रश्न छ ।

उनले आफु दागंवाट काठमाडौ आएर आफ्नो ब्यवसायीक जिवन सुरुवात गर्दाको अनुभवले उनको आँखामा आँशु आयो । आफुलाई अलिकति भाग्यमानी भएको ठान्ने ज्योती आफु निडर भएका कारण हतोस्तसाही नभएको बताइन् ।

उनले भर्खर काठमाडौ आउँदा देखि नै काम पाएका कारण आर्थिक रुपमा समस्या भोग्न नपरे पनि कामलाई नराम्रो सोचेर आफु माथि राख्ने भनाईले कहिले काँही निकै चित्त दुखेको बताएकी छन् ।

महेन्द्र पुलिस क्लवमा कलाकारको कोटा खुलेको छ म सरकारी जागिर लगाइदिन्छु, दोहोरी साँझमा काम गरेको भनेर तिम्रो पछि सन्तानलाई पनि राम्रो ब्यवहार हुँदेन भनेर सम्झाए । त्यसपछि उनी ति ब्यक्तिलाई भेट्न गइन् तर उनले आफुलाई होटल सम्म लगेर कोठा बन्द गर्न खोजेको विगत सम्झिएर निकै भावुक भइन् ।

Recent Comments

Top