logo
Advertisement

विप्लव करिब दुई वर्षपछि सार्वजनिक हुँदा यस्ता देखिए !

२१ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उनी शुक्रबार बिहान १२ बजेतिर कलंकी आइपुगेका छन् । कलंकीबाट सभागृह नपुगुञ्जेल उनी बीचमा कतै बस्ने भनेका छन्। तर, त्यो ठाउँलाई प्रहरीले गोप्य राखेको छ ।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सहमतिपत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नेछन् । उनले कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् । भूमिगत रूपमा रहँदै आएका चन्द करिब दुई वर्षपछि सार्वजनिक भएका हुन् । सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति गरेका थिए ।

 

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।त्यही सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे गर्न लागिएको हो । नवलपुरबाट नै भूमिगत पछि उनको पहिलो तस्बिर सार्वजनिक भएको हो। उनलाई कार्यकर्ताले दलदलेबाट शुभकामना दिँदै काठमाडौंका लागि बिदाइ गरेका थिए।

Recent Comments

Top