logo
Advertisement

नाम मात्रै कमाएर हुन्छ बिवाह गरेर सन्तान जन्माउनु पर्दैन भन्दै गायक राजेश पायल राइकी हजुरआमाले दिईन कडा दवाव (भिडियोसहित)

१९ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

गायक राजेश पायल राईले आफ्नो मामा मावलीलाई सम्झंदै मावलीघर पुगेका छन् । झण्डै ३० वर्ष उनी मावलीघर गएका हुन् । राजेशले त्याहाँ आफ्ना सबै बालापनलाई स्मरण गरेका छन् । उनले बालापनमा मामाघरमा दशैंको टिका लगाएपछि आफ्ना भाईहरु र आफुले कतिकति पैसा पायौं भनेर घरदेखि पर बारीको छोउमा बसेर पैसा गनेको पनि सम्झिए । मामाघरको आँगनमा उभिएर गायक राजेशले आफ्नो बालापनको धेरै कुरा सम्झिए ।

उनले त्याहाँ कतिपयि बालापनमा गरेका कुराहरु बिर्सिए पनि तर उनका मामाहरु र मावलीका दाईहरुले उनलाई ती कुराहरु स्मरण गराए । एकजना मामाले त राजेशले सानैमा मामाघरको छानोमा उभिएर गीत गाएको र त्यसपछि आफुले आफ्नो नाम ‘रापा राई’ राख्ने भनेर आफुलाई सुनाएपछि राजेशलाई नामको सर्टफम राख्नुभन्दा फुुलर्फम नै राख्नु भनेर आफुले सुझाव दिएको कुरापनि स्मरण गराए । मामाले भनेको उक्त कुरा सुनेर राजेश एकछिन् त घोरिएर सोंच्न थाले र पछि हो है मामा भन्दै मुसुक्क हाँसे ।

भान्जाले आफुले भनेको कुरा मानेर राजेश पायल राई नै नाम राखेको र उक्त नामबाट नै अहिले राजेशको पहिचान बनकोमा भान्जाले आफ्नो कुराको मान राखेकोभन्दै मामापनि नै खुशी भए । उता राजेशलाई उनकी माईजुले बिहे गर्नकोलागी दबाब दिईन् ।

माईजुले राजेशलाई भनिन्,‘अब बिहे गर्नु पर्छ । समय घर्कि सक्यो । तिम्रो बिहे खान पाईन्छ कि भन्दाभन्दै धेरैजना बितिसक्नु भयो । अब मेरो पनि पालो आई राखेको छ । मलाई बिहे कहिले खुवाउँछौं ?’ माईजुले राजेशलाई प्रश्न गर्दै भनिन्,‘अब तुरुन्तै बिहे गर है भान्जा । दुई छोरा र दुई छोरी त्योपनि जुम्ल्याहा जन्माउनु पर्छ तिमीले ।’

माईजुको कुरा सुनेर अनि बिहेकोलागी दबाब दिएको देखेर राजेश पायल छक्क परे । उमेरले १०० पुगेकी माईजुले बिहेकोलागी दबाब दिंदा राजेशले चुप लागेर हस् भन्नु बाहेक अरु उनीसंग कुनै उपायपनि थिएन । जेहोस् उमेर खाएर बसेका राजेशलाई उनका मावलीले पुग्नेगरी आर्शिबाद दिएका छन् । के राजेशको अब बिहे हुन्छ होला त ? के राजेशले जुम्ल्याहा सन्तान नै जन्माउँछन् होला त ? यो प्रश्नको जवाफ तब उनका दर्शकहरुले पाउँनेछन् जब राजेशले बिहे गर्नेछन् । बाँकी कुरा भिडियोमा छ ।

Recent Comments

Top