logo
Advertisement

मनकारी बलिउड अभिनेता सोनु सुद, पैसा नभएर उपचार गर्न नपाएका नेपालीको उपचारमा सहयोग गर्ने

१९ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

कोरोनाभाइरस महामारी सुरु भएदेखि नै बलिउड अभिनेता सोनु सुद मानवीय कार्यमा सक्रिय छन् । लकडाउनमा भारतीय मजदुरलाई आफ्नो ठाउँमा पठाउन यातायातको व्यवस्था गरेर होस् या, खानपिनको व्यवस्था गरेर । भारतमा उनको छवि फिल्मको भिलेन होइन, हिरोको रुपमा स्थापित भएको छ ।

उनले ट्वीटरबाटै फ्यानको समस्यालाई सम्बोधन गर्ने गरेका छन् । जसले गर्दा उनले फ्यानबाट माया पनि पाएका छन् । हालै, अभिनेता सुदलाई उनका एकजना नेपाली फ्यानले श’ल्यक्रि’ याका लागि रकम जुटाउनुपर्ने र त्यसका लागि सहयोग गर्न ट्वीटरमार्फत आग्रह गरे ।

लठ्ठीको सहयोगमा हिँडेको भिडियो पनि उनले पोस्ट गरेका छन् । नेपाली प्रयोगकर्ता मधु पौडेलले आफू १० वर्षदेखि एङ्किलसिङ स्पोनडाइलिटिज (ढाड दुख्ने समस्या) बाट पीडित भएको र उपचारका लागि पैसा नभएको समस्या मेन्सन गरेका थिए । जवाफमा सुदले ट्वीट गरे –अतिथि देवो भवः । हिन्दुस्तानबाट नेपाल विना लठ्ठी दौडँदै पुग्नेछौ । जय हिन्द ।’

Recent Comments

Top