logo
Advertisement

फोनमा हेल्लो भन्ने शब्दको सुरुवात यसरी भएको रहेछ, थाहा पाएपछि तपाईँपनि दंग पर्नु हुनेछ

१६ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

हामीले सानैबाट फिल्म, टेलिभिजन सुन्दै वा पछिल्ला केही दशकयता आफैले टेलिफोन उठाउने बित्तिकै प्रयोग गर्दै आएको शब्द हो, ‘हेल्लो’ । तर फोनमा सबैभन्दा पहिले किन ‘हेल्लो’ भनिन्छ । यो कुरामा भने सायद हामीलाई त्यत्ति ज्ञान छैन भन्दा अत्तियुक्ति नहोला ।

आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोवाइल फोन छ । मोबाइल हाम्रो दैनिक जीवनमा अपरीहार्य बनिसकेको छ । यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’ । तर यो शब्द कसरी शुरू भयो त ?

अलेक्जेण्डर ग्राहम बेलले टेलीफोनको आविष्कार शुरू गरेका थिए । यसकालागी उनले कडा मेहनत गरेका थिए । टेलीफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसंग कुरा गरे । यसमा उनले भनेका थिए, श्रीमान वाटसन यहाँ आउनुहोस्, मलाई तपाईको आवश्यकता छ । त्यस क्रममा टेलीफोनमा हेल्लो शब्द प्रयोग गरीदैन थियो ।

टेलीफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो । त्यसक्रममा मानिसहरु आर यू दियर भनेर कुराकानी शुरू गर्दथे । त्यस क्रममा थोमस एडिसनले एहोइ (ब्जयथ) शब्द सुने त्यसपछि उनले सन् १८७७ मा एहोईको सट्टा हेल्लो भन्न थाल्ने प्रस्ताव गरे । पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिण्टिग टेलीग्राफ कम्पनीबाट उक्त प्रस्ताव पास भएपछि हेल्लो शब्द चलनचल्तीमा आयो ।

यस अलावा हेल्लो भनेर टेलिफोनमा बोल्न शुरूवात गर्नुमा अर्को कथन पनि चर्चामा छ । खासमा ग्राहम बेलकी प्रेमिकाको नाम समेत हेलो थियो त्यसक्रममा उनी प्रेमिकालाई फोन गर्दा हेल्लो भन्ने गर्दथे । यसरी पूरै विश्वभर फोनको शुरूवातमा हेल्लो शब्द प्रचलनमा आयो । यसमा थोमस एडिसनको देन छ । हेल्लो पुरानो जर्मन शब्द हालाबाट बनेको थियो ।

Recent Comments

Top