logo
Advertisement

१ रुपैया खर्च नगरी बिहे गरेका भा’इरल जोडीलाई, ३५ लाख भन्दा बढीले यस्तो गरे (भिडियो)

८ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

नेपाल लगायत कतिपय दक्षिण एसियाली मुलुकमा विवाह वा अन्य सामाजिक प्रतिष्ठाविशेषका कारण सुनचाँदीको महत्व बढी देखिन्छ। सन्तानको बिहेमा समाजमा इज्जत, प्रतिष्ठा धान्न नसकिएला, अरूका अगाडि निम्छरो देखिइएला भन्ने मनोविज्ञानले पछिल्लो समय सुनको भाउ बढेपछि कैयन् अभिभावक तथा विवाह गर्ने उमेरका आ’त्म’निर्भर युवायुवतीसमेत तनावमा परिरहेका हुन सक्छन्। विभिन्न समाजमा यसका आआफ्नै परम्परा र मूल्यमान्यता हुने गर्छन् । तर कतिपय नेपाली समाजमा बिहेबारीमा गरगहनालाई ‘सौभाग्यको प्रतीक’ मानेर अनिवार्यजस्तो बनाइएको छ।

कुलिन, नवधनाढ्य र हुनेखानेको सामाजिक प्रतिष्ठाको वस्तु सुनको मूल्य लगातार बढ्नु नौलो विषय नरहे पनि सर्वसाधारण मानिस सुन किन्न सकिन्न विवाह कसरी गर्ने भन्ने पिरलोमा परेको देखिन्छ। सुनको विश्वव्यापी मान्यताका कारण भनेको यो एक बहुमूल्य धातु हो। सुनको सञ्चिती अर्थशास्त्रीय दृष्टिले पनि अनुत्पादक मानिन्छ तापनि ‘पैसा भए मासेर सकिन्छ, लुगा लगाए फा’टे’ र गइजान्छ’ भन्ने नेपाली समाजमा सुनलाई ‘सुखको गहना दुःखको खजाना’ भन्ने मानसिकताले समेत काम गरेको देखिन्छ। अर्कातर्फ सम्पत्ति सुरक्षाको पाटोबाट हेर्दा बैंक वा घरमा सुन राख्दा गन्ध, ध्वनि नआउने र नगल्ने भएकाले तत्काल ब्याज नकमाए पनि सम्पत्ति जोगिने निश्चित छ।

विश्व जनमानसमा सुनको प्रचलन धेरै पहिल्यैदेखि हुँदै आएको ऐतिहासिक तथ्यले देखाउँछन्। मानव जातिले सुरुआतमा आ भू षण एवं गरगहना सोखका रूपमा प्रयोग गरे पनि समय क्रमसँगै धातुजन्य वस्तुमध्ये सुनचाँदीलाई सम्पत्तिका रूपमा जम्मा गर्ने संस्कृति विकास भयो। नेपालमा प ञ्च धातुभित्र पर्ने भएकाले सुनको धार्मिक महत्व पनि दर्शाइएको छ। म’ला’ मी गएर फर्केपछि सुनपानी छर्केर चोखो बनाउने चलन हामीकहाँ अद्यापि छ। हिन्दु परम्परावादी नेपाली समाजमा विवाहित महिलालाई सौभाग्यको प्रतीकका रूपमा तिलहरी गहना दिएपछि सो नलगाए पतिको आयु घट्ने सामाजिकता थोपरिएको छ। तर यी जोडीले समाजको परम्परा रितिरिवाज तोड्दै सामान्य तरिकाले १ रुपैया खर्च नगरी बिहे गरेका छन ।

के भन्छन उनीहरु भिडियोमा हेर्नुहोस :

Recent Comments

Top