logo
Advertisement

अमृता खनाल र प्रदिप बास्तोलाको पिपल चौतारी यस्तो बन्यो (हेर्नुस् भिडियो)

६ फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

नायक प्रदीप बास्तोला अव गायक बनेका छन् । उनले आफ्नै स्वरमा एक गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा प्रदिपलाई चर्चित गायिका रचना रिमालले साथ दिएकी छिन् । उक्त गीत नेपाली मैलिक काठे भाकामा रहेको छ ।

प्रणय दिवसको दिन पारेर सार्वजनिक भएको यस गीतको शब्द सङ्गीत स्वयम गायक प्रदीप बास्तोलाको रहेको छ । नेपाली मौलिक लोक भाषाको यस गीतमा सङ्गीत समायोजन सन्दीप कार्कीको रहेको छ भने भीषण मानन्धरले यसलाई मिक्सिङ गरेका छन् ।

पारिवारिक कथा बस्तुलाई आधार बनाएर यस गीतको म्युजिक भिडियो समेत बानाइेएको छ ।गम्भीर विष्टको निर्देशन नवीन निरौलाको सम्पादन रहेको यस गीतमा प्रदिपकी धर्मपत्नी तथा कुशल संचार्कर्मी अमृता खनाल, शारदा गिरी (काली बुढी ) थाहा स्वयम प्रदीप बास्तोलाको अभिनय रहेको छ भने उक्त गीत पिक स्टुडियोमा दिनेश राजबहाक र समीर कार्कीले रिकर्ड गरेका हुन् । नेपाली मौलिक बाजा र नेपालीपन झल्कने पीपल चौतारी बोलको यो गीतलाई आफ्नै अनलाइनले सार्वजनिक गरेको हो ।

Recent Comments

Top