logo
Advertisement

अभिनेता टाइगर श्राफसंग जोडि बाध्दै करिना कपुरकी सोतेनी छोरी सारा

२९ माघ २०७७, बिहीबार मा प्रकाशित

बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म बागी ४ मा अनुबन्धित भएका छन् । बागीको तेस्रो शृंखला पनि सफल भएपछि बागी–४ बनाउने घोषणा गरिएको थियो । यो फिल्ममा पनि विगतका तीन शृंखलाजस्तै नायकको रूपमा टाइगर श्राफ नै अनुबन्धित भएका छन् ।

यो फिल्ममा टाइगरको नायिकाको रूपमा सारा अली खान अनुबन्धित भएकी छन् । यो फिल्ममा यसअघि दिशा पटानी नायिकाको रूपमा अनुबन्धित हुने चर्चा थियो । तर, निर्माता साजिद नाडियाडवालाले यसमा सारा अली खानलाई अनुबन्धित गरेका हुन् ।

अभिनेत्री सारा पहिलोपटक टाइगरसँग यो फिल्ममा जोडिएकी हुन् । यसअघि सारा र टाइगरले फिल्म हिरोपन्ती–२ मा काम गर्ने भनिएकोमा सो फिल्ममा अन्य नायिका राखिएको थियो । साजिदले हिरोपन्ती–२ मा उनलाई राख्न राख्न नपाएपछि यतिबेला बागी–४ मा अनुबन्धित गरेको बताएका छन् ।राजधानि दैनिकमा खबर छ ।

आफू बागी–४ का लागि निकै उत्साहित रहेको अभिनेत्री साराले बताएकी छन् । यो एक्सन प्रधान फिल्मका लागि आफूले सोहीअनुसारको तयारी गरेको पनि उनले बताएकी छन् । फिल्म बागीको पहिलो शृंखला २०१६ मा बनेको थियो । बागी हिट भएपछि अभिनेता टाइगरकै अभिनयमा फिल्म बागी–२ र बागी–३ निर्माण गरिएको थियो । बागीका–३ वटै शृंखला हिट भएपछि बागी–४ को निर्माण गर्न लागिएको हो । यो फिल्म अब छायांकनमा जानेछ ।

Recent Comments

Top