logo
Advertisement

मेरी बास्सैकी मुइयाको श्रीमान सहितको रमाइलो कमेडी, तर आमा गुमाउँदाको पिडा सम्झेर भाबुक (भिडियो सहित)

२९ माघ २०७७, बिहीबार मा प्रकाशित

नेपाल टेलिभिजनवा प्रशारण हुने कार्यक्रम मेरी बास्सैमा मुइयाको पात्रका रुपमा परिचित सुनिता गौतमको पारिवारिक वातावरण निकै रमाइलो छ । उनका श्रीमान ताराचन्द्र वजगाई निशान पनि उत्तिकै रमाइला छन् । उनी औषधी ब्यवसायीका साथै फिल्म प्रड्युसर पनि हुन् । उनीहरुको विवाह भएको १२ वर्ष लागेको छ । उनीहरु दुई सन्तानका अभिभावक हुन् । उनीहरुले आफ्नो विवाहको वार्षीक उत्सवमा निकै रमाइलो कुराकानी गरेका छन् ।

११ वर्ष अघि विवाह गर्दा आजकै दिनको मौसम पनि आजकै जस्तो थियो भन्दै पानी परेका कारण त्यही बेलाको वातावरण याद आएको बताएका छन् । अघिल्ला वर्षमा उनीहरु वैवाहिक वर्ष गाँठमा बाहिर घुम्न जाने गरको थिए । तर यो वर्ष बच्चा सानो भएका कारण त्यो अवस्था नभएको उनीहरुको भनाई छ । उनीहरुको पहिलो पटक २७ वर्ष अघि भेट भएको थियो । आफ्नो फुपुको नातेदार पनि भएकाले पारिवारिक रुमा ६ वर्षको उमेरमै भेटघाट भएको उनको भनाइ छ ।

उनीहरुको प्रेम पनि निकै रमाइलो छ । तरकारी किन्ने पसलमा भएको फोनमा एक अर्कासंग कुराकानी गर्ने गरेको बताउँछन् । सुनितासंग कुरा गर्न कै लागि ताराचन्द्रले मोवाइल किनेका थिए भने एउटा तरकारी पसलमा भएको फोनमा सेटिगं मिलाएको बताए । मैले फोन गर्दा सुनितालाई बोलाई दिनु है भनेर मैले कुरा मिलाएको थिए, त्यसरी कुरा हुन्थ्यो ।

सुनिता अध्ययनका लागि काठमाडौ आएकी थिइन् । त्यही बेला उनीहरु थप नजिकिएका थिए । पारिवारिक रुपमा पनि परिचित भएका कारण प्रस्ताव राखेपछि परिवारले पनि सजिलै स्वीकार गरेको उनीहरुको बताएका छन् ।

Recent Comments

Top