logo
Advertisement

कल्याणले निर्माण गर्दैछन् कमेडी फ्लेभरमा “तेस्का बाजे”

२७ माघ २०७७, मंगलवार मा प्रकाशित

कमेडी जनरामा नयाँ फिल्म ‘तेस्का बाजे’ निर्माण हुने भएको छ । हालसम्म कलाकार छनोट केहि गरिएको यश फिल्मको लागि थप अन्य कलाकारहरु भने केहो दिनमा नै तय गरिने निर्माण पक्षले जानकारी दिएको छ । सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा मुहुर्त गरेर चलचित्रको औपचारिक निर्माण घोषण गरिएको छ गरियो ।

बिजी बर्मा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा कल्याण अधिकारीको निर्देशन रहनेछ । निर्देशक अधिकारीका अनुसार फिल्म सेन्टीमेन्टल कमेडी फ्लेभरमा बन्नेछ । कला राई प्रस्तुतकर्ता रहेको फिल्ममा राम महर्जन र शत्रुधन अन्सारी निर्माता छन् ।

चैतको पहिलो साताबाट छायांकन शुरु हुने फिल्ममा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत, राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर रहनेछ ।
निर्देशक अधिकारीले फिल्म काठमाडौं, धरान, इलाम र झापामा छायांकन गरिने बताए ।

Recent Comments

Top