logo
Advertisement

शिशिर भण्डारीको अर्को मन छुने नयाँ गीतमा जिरेको अभिनय (भिडियो)

२६ माघ २०७७, सोमबार मा प्रकाशित

संचार्कर्मी तथा कलाकार शिशिर भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ । उनले मुरली तिरिरी बोलको गीत ‘मुरली तिरिरी’ सार्वजनिक गरेका हुन् ।

दिपकराज पाठकको प्रस्तुतिमा रहेको यस गीत शिशिर भण्डारी, बेनिशा पौडेल आयुसमान चापागाईंमा स्वरवद्ध गीत बजारमा आएको हो । मर्म स्पर्शी यस गीतमा शब्द रचना दिपकराज पाठकर शिशिर भण्डारीको रहेको छ भने संगीत,निर्देशन भण्डारी आफैँले गरेका छन् ।

गीतको कथा एक वास्तविक घटनालाई लिएर बनाइएको बुझ्न सकिन्छ । यस गीतमा लामो समय पछी जिरे खुर्सानीका जिरे अर्थात इशान राउतले अभिनय गरेका छन् । यस गीतमा इशान अलवा शिशिर भण्डारी, सुनिशा बजगाईं, दिपकराज पाठक,लक्ष्मण, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय मुख्य भूमिका देख्न सकिन्छ । गीत नयाँ नयाँ न्यूज नेपाल युट्युबाट सार्वजनिक गरिएको छ ।

Recent Comments

Top