बलिउड कलाकार सन्नी लियोनीलाई २९ लाख रुपैया ठगी गरेको आरोप लागेको छ । उनी माथि लागेको यो आ,रोपका बारेमा प्रहरीले उनी माथि अनुस,न्धान सुरु गरेको छ । प्रहरीले उनलाई बोलाएर घट,नाका बारेमा सोधपुछ पनि गरेको छ । सनीले आफु निर्दोश भन्दै प्रमाण प्रहरी सामु पेश गरेकी छन् । तर उनले के भनिन् भन्ने कुरा भने खुलाइएको छैन ।
भारतीय मिडिया आजतकका अनुसार पेरुमबवूर का इवेंट कॉर्डिनेटर आर। शियासले उनी माथि यस्तो आ,रोप लगाएका हुन् । पेरुमबवुरका अनुसार अभिनेत्री सन्नीले सन् २०१६ मा कार्यक्रमका १२ वटा भागका लागि भन्दै २९ लाख रुपैया लिएकी थिइन् । तर उनी एउटा पनि कार्यक्रममा सहभागी भइनन् ।
आफु अन्या,यमा परेको भन्दै उनले प्रहरी सामु कार्यक्रमका सबै कागजपत्र बुझाएका छन् । साथै उनले सन्नी लियोनीसंग गरेको सम्झौता र पैसा दिएको प्रमाण पनि पेश गरेका छन् ।
तर सन्नी लियोनीले प्रहरी सामु आफुले पैसा लिएको स्वीकार गरेकी छन् । तर कार्यक्रममा सहभागी हुन नपाउनुमा आयोजक नै जिम्मेवार भएको बताएकी छन् । तर उनले आयोजकले भनेजस्तो १२ वटा कार्यक्रमका लागि भने पैसा नलिएको बताएकी छन् । उनले ५ वटा कार्यक्रमका लागि आफुले पैसा लिएको स्वीकार गर्दै कार्यक्रम कहिले र कहाँ गर्ने भन्ने विषयमा आयोजकले आफुलाई जानकारी नदिएको बताएकी छन् ।
उनले अझै पनि कार्यक्रम आयोजना गरे आफु सहभागी हुने र त्यसको लागि समय आफुलाई जानकारी दिनुपर्ने बताएकी छन् । आयोजकले कार्यक्रमको मिति पर सार्दै जाने तर आफुलाई त्यस बारेमा जानकारी नदिने गरेका कारण सहभागी हुन नपाएको उनको भनाई छ ।
Recent Comments