logo
Advertisement

गोबिन्द राईको ‘बिस्तारै बिस्तारै’ २७ गते मंगलबार युटुवमा रिलिज हुदैं

२४ माघ २०७७, शनिबार मा प्रकाशित


गोविन्द राई, नेपाली फिल्म क्षेत्रका चर्चित कोरियोग्राफर । टिपीकल नेपालीपन झल्कने फिल्मी गीत नृत्य निर्देशकका रुपमा राईको नाम आउंने गर्दछ । आफ्नै लगानीमा नागबेली नामक फिल्म निर्देशन गरेका नृत्य निर्देशक राई यतिबेला म्युजिक भिडियो निर्देशनमा ब्यस्तछन् ।

अभिनेता यशराज गराच र अभिनेत्री एलिजा गौतमलाई लिएर निर्देशक राईले ‘बिस्तारै बिस्तारै’ बोलको गीत तयार गरेका छन् ।
प्रताप दास र कविता श्रेष्ठले आवाज दिएको रोम्यान्टिक गीत आउंदो २७ गते मंगलबार रिलिज हुदैंछ छ । झापा आसपासमा खिचिएको गीतलाई एलिस कार्कीले संगीत भरेका छन् ।

गोबिन्द राई ईन्टरटेनमेन्ट प्रा.लि.द्धारा तयार भएको गीतलाई आफ्नै युटुव च्यानल मार्फत रिलिज गर्ने बताएका छन् । फिल्मीवज संगको कुराकानीमा निर्देशक राईले भने, बजारमा आईरहेका अन्य गीतसंगीत भन्दा केही फरक काम गर्ने कोसिस ‘बिस्तारै बिस्तारै’मा गरिएको छ । म्युजिक भिडियो भएपनि गीतको भिडियोलाई फिल्मी शैलीमा तयार पारिएको छ ।

Recent Comments

Top