logo
Advertisement

अञ्जुसंगको तस्बिर सार्वजनिक गर्दै थिरले लेखे यस्तो स्टाटस

२३ माघ २०७७, शुक्रबार मा प्रकाशित

गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे चर्चा निक्कै हुन थालेको छ । यि दुईको नाम जोडेर समचारहरु प्रकाशित् हुन थालेपछि अञ्जुका नाम जोडीएका थिरले आफ्नो फेसबुक स्टाटस लेख्दै आफुहरुको नाम जोडीएर आएका समाचार सत्य भएको जनाएका छन् ।

थिरले अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको उक्त स्टाटस मार्फत बताएका छन् । उनले, बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् । शुभेच्छुकहरुको सकारात्मक प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको भन्दै अझै धेरै मायाको अपेक्षा गरेका छन् ।

एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेपछि अञ्जु छोरी परितोशिकासँग रहँदै आएकी थिइन् । उनै, अञ्जुलाई छोरीले बिहे गर्नुपर्छ भनेर दबाब पनि दिदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण आफूले बिहेको बिषयमा सोचेको प्रतिक्रिया दिएकी थिइन् ।

Recent Comments

Top