logo
Advertisement

छोरीको बच्चा नहुने भएपछी आमाले जन्माईदीईन् छोरीको लागि बच्चा

२२ माघ २०७७, बिहीबार मा प्रकाशित

अमेरिकामा ५१ वर्षीया एक महिलाले नातिनिलाई जन्म दिएकी छिन् । जुली लोभिंगले इलिनोइस अस्पतालमा एक स्वस्थ बच्चालाई जन्म दिएकी हुन् । आफ्नी छोरी ब्रेना लकवुडका लागि उनले एक स्वस्थ बच्चाको जन्म दिएकी हुन् । नवजात शिशुको नाम ब्रायर जुलियट लकवुड राखिएको छ ।

जुलीकी छोरी लकवुड र उनका पति आरोन बच्चाका जैविक आमाबुबा हुन् । लकवुडको गर्भासयमा समस्या भएपछि चिकित्सकले उनलाई सरोगेसी मदर ९भाडाकी आमा० खोज्न आग्रह गरेका थिए । लकवुडले आफ्नी आमालाई यो समस्या भनेपछि उनकी आमा आफ्नो नातिनिलाई जन्म दिन तयार भएकी हुन् ।

चिकित्सकले दिएको मिति भन्दा १० दिन अघि नै जुलीले नातिनिलाई जन्म दिएकी थिइन् । २०१६ मा विवाह गरेका लकवुड र आरोनले एक वर्ष प्राकृतिक रुपमा बच्चा बनाउन सफल नभएपछि आइभीएफ ९कृतिम तरिकाबाट गर्भाधान० गरेका थिए । जसबाट ट्वीन्स बच्चा हुदा मिसग्यारेज भएर लकवुडको गर्भाशय काम नलाग्ने भएपछि उनको आमाले नातिनिलाई जन्म दिन तयार भएकी हुन् ।
अहिले आमा र नातिनिको स्वास्थ्य ठिक छ । एजेन्सी

Recent Comments

Top