अभिनेता दयाहागं राईले अहिले रमिता हेरेर बस्ने बेला नभएर सडकमा आउनुपर्ने बताएका छन् । उनले एउटा निरंकुशलाई फालेर फेरी अर्को निरंकुश ब्यक्तिलाई राज्य सुम्पनु गलत भएको बताएका छन् । उनले त्यस्ता विरुद्ध अब सडकमा उत्रन सबैलाई आग्रह गरेका छन् ।
जनताले स्थीरताका लागि वहुमतको सरकार बनाउने अवसर दिएपनि फेरी निरंकुशता हावी भएको बताएका छन् । उनले शिलापत्र संग अन्तरवार्ताका क्रममा भनेका छन्, व्यक्तिवादी क्रियाकलाप सुरु भए । एकले अर्कोलाई दोषी देखाउन नं ग्या उने हिसावले नागरिकमाथिको खेलवाड गरेको बुझिसकेपछि म पनि आन्दोलनमा उभिएँ । नजाउँभन्दा पनि जानै पर्ने स्थिति आयो ।
उनले राजनीतिक रुपमा भने कसैको पक्ष विपक्षमा नलागेको बताउँछन् । उनले भनेका छन्, हामीमाथि खेलवाड गर्नेकै विपक्षमा उभिएको हुँ । म आमनागरिकै पक्षमा हिँड्छु । हामी सबै कलाकार त्यसरी नै हिँड्ने हो ।
उनले ०६२, ६३ को जनआन्दोलनमा होमिँदा अब फेरी यसरी सडकमा आउनुपर्ला भन्ने नसोचेको बताएका छन् । लामो समयको पर्खाइपछिको आमनागरिकको अपेक्षालाई कुल्चिनु सानोतिनो कुरा होइन । हामी अब पनि यसैगरी सहेर बसिराखे फेरि भोलि अर्को व्यक्ति जन्मिन्छ । त्यसैले अब बारबार त्यस्ता व्यक्ति जन्मिन दिनु हुँदैन । भिडियो शिलापत्रवाट लिइएको हो ।
Recent Comments