logo
Advertisement

आम हड्ताल नेतालाई मस्ती जनतालाई सास्ती, काठमाडौका रोचक दृष्य (भिडियो हेर्नुस्)

२२ माघ २०७७, बिहीबार मा प्रकाशित

प्रचण्ड–नेपाल समुहले आह्वान गरेको आम ह,ड्ताल जनतालाई सा,स्ती भएको छ भने नेताहरुका लागि मस्ती भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले आयोजना गरेको आमह,ड्तालमा सहभागी हुन गाडीको प्रयोग गरेका छन्।

बिहीबार जारी आमह,ड्ताललाई सफल बनाउन सडकमा ओर्लिएका प्रचण्ड गाडी चढेर निवास खुमलटारबाट पुल्चोक पुगेका हुन्। बिहान खुमलटार निवासबाट निस्किएका प्रचण्ड बा१७च ३० ७१ को ल्यान्ड क्रुजर गाडी चढेर सातदोबाटो र पुल्चोक पुगेका हुन्। नेकपाले आमह,ड्तालका क्रममा सवारीसाधन चल्न नदिने घोषणा गरे पनि प्रचण्डले भने आफूँले सधैँ चढ्दै आएको गाडी प्रयोग गरेका हुन्।

गाडीबाट ओर्लिएर प्रचण्ड पुल्चोकको बीचसडकमा केही समय पँलेटी कसेर बसेका थिए। उनले त्यहाँ रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरु,द्ध ना,रावा,जी समेत गरेका थिए। त्यसपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले फागुनको पहिलो साताबाट संयुक्त आन्दोलन हुने र आन्दोलनले ओली सरकार ढा,ल्ने बताएका थिए।

Recent Comments

Top