बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका भाई माथि गो’ली प्र’हा’र भएको छ । सुशान्तका भाई राजकुमार सिंह र उनका सहयोगी माथि यस्तो घटना भएको हो । राजकुमार सुशान्तका आफन्ती भाई हुन् ।
आफ्नो आमाबुवाका भने सुशान्त एक्ला छोरा हुन् उनका दिदी वहिनी छन् । आफ्नै शोरुम खोल्न गएका सुशान्त सिंहका भाइमाथि राजकुमार माथि यस्तो घटना भएको भारतीय मिडियाले जनाएका छन् ।
भारतको बिहारमा यस्तो घटना भएको हो । शनिबार शोरुम खोल्न जाने क्रममा वाटोमा उनी माथि घटना भएको हो । शनिबार बिहान ११.३० बजे बिहारको सहरसामा भएको घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा तीन जना संलग्न भएको देखिएको भारतीय मिडियाले जनाएका छन् । उनीहरु मोटरसाइकलमा आएका थिए ।
घाइते राजकुमार र उनका सहयोगीको अवस्था ग’म्भि’र छ । उनीहरुको उपचार सुरु गरिएको छ । उनी दिनहुँ शो रुम खोल्न जाने गरेका थिए । राजकुमार सुशान्तका मामाका छोरा हुन् । उनी यमाहा शो रुमका मालिक हुन् ।
Recent Comments