प्रियंका चोपडा बलिउडमा मात्र हैन हलिउडमा पनि छाएकी एक भारतीय अभिनेत्री हुन् । उनी अभिनय संगै अव लेखन यात्राामा पनि यात्राा तय गरेकी छिन् । उनले हालै एक पुस्तक सार्वजनिक गर्ने तयारीमा छिन् । सो किताबमा उनले आफ्नो जीवनमा घटिन विभिनन किस्सा लेखेकी छिन् ।
आफ्नो किताबको एक किस्सा उनले सोसल मिडियामा सेयर गरेकी छिन् जुन सन् २०१९ मा उनको कान्स फिल्म फेस्टिबलमा डेब्यूसँग जोडिएको छ । प्रियंकाका अनुसार उनले जुन ड्रेस रेड कार्पेट लगाएकी थिइन्, त्यसको चेन अन्तिम अवस्थामा टुटेको थियो ।
प्रियंकाले रेड कार्पेटमा हिँड्नका लागि रोबर्टो कावेलीको डिजाइनर ड्रेस लगाएकी थिइन् । उनको ड्रेसको चेन फुस्किएपछि उनको टिमले बाटोमा नै प्रियंकाको ड्रेसलाई सियो धागोले सिलाएका थिए । यो कामका लागि टिमसँग ५ मिनेटको समय थियो । यो टिमका कारण प्रियंका वार्डरोब मालफंक्सनको शिकार हुनबाट बचिन् ।
प्रियंकाको यस्तै किस्सा मेट गालाका बेला पनि भएको उनले बताएकी छिन् । तर यो जान्नका लागि उनको किताबको नै प्रतिक्षा गर्नुपर्ने उनले बताएकी छिन् । तल हेर्नुहोस तस्बिरहरु
Recent Comments