logo
Advertisement

बेदनाको भेलमा गजित बिष्टसंगै हेम प्रभास (भिडियो)

२० माघ २०७७, मंगलवार मा प्रकाशित

नेपाली अभिनेता गजित बिष्टको अभिनयमा नयाँ गीती गजल सार्वजनिक भएको छ । उक्त गीती गजलमा गायक मनोजराज तथा गायिका सुजाता वर्माको स्वर रहेको छ । गजित अभिनित गजल ‘वेदनाको भेल’ बोलको को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कबी हेमप्रभास अधिकारीले निर्देशित भिडियोमा अभिनेता गजित विष्टलाई अभिनेत्री आरोही शर्माले साथ दिएकी छन् । सन्तोष श्रेष्ठले उक्त गजललाई संगीतबद्ध गरेका छन् भने ‘एक एक एघार’ शीर्षकको एल्बममा समावेश गरिएको यो गजललाई डा.केशव शर्माले रचना गरेका हुन् ।

भिडियोमा गजित र आरोहीसंगै नारायण उप्रेती, अनु राई, मनिषा खड्का, विष्णु खड्का, सुवास पोखरेल, सितामैयाँ रचाल, डम्बर खड्काथोकी आदि कलाकारले पनि अभिनय गरेका छन् । नवराज उप्रेतीद्वारा छायांकन गरिएको यो भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोमा गजित विष्ट तथा गम्भिर विष्टको कोरियोग्राफी छ ।

Recent Comments

Top