logo
Advertisement

रोकियो आलिया र रणवीरको विवाह, यस्तो छ कारण

१९ माघ २०७७, सोमबार मा प्रकाशित

हालै बलिउड अभिनेता वरुण धवनले आफ्नो स्कूलदेखिकै प्रेमिका नताशा दलालसँग विवाह बन्धनमा बाँधे । यि जोडीको विवाह संगै मलाइका अरोडा र अर्जुन कपूर, कटरीना कैफ र विक्की कौशल, दिशा पाटनी र टाइगर श्राफ तथा आलिया भट्ट र रणवीर कपूरको विवाह हुने चर्चा थियो । तर यी सबै जोडीमध्ये आलिया र रणवीरको विवाह चाँडै हुने अनुमान गरिएको थियो । तर त्यो अनुमान पनि गलत साबित हुँदैछ ।

एक रिपोर्ट अनुसार उनीहरु तत्काल विवाह गर्ने मनस्थितिमा छैनन् । उनीहरु अर्को वर्षसम्मका लागि केबल साथीकै रुपमा सम्बन्धलाई निरन्तरता दिन चाहन्छन् । रणवीरकी आमा नीतू कपूर तत्कालका लागि रणवीर र आलियाको विवाह गराउने सोचमा छैनन् ।

आलिया र रणवीर सन् २०१८ देखि अफेयरमा छन् । आलिया प्राय रणवीरको फोटो र भिडियोमा प्रतिक्रिया दिइरहन्छिन् । हालैमात्र उनीहरुले यो जोडीले राजस्थानमा नयाँ वर्ष मनाएको थियो । रणवीर र आलिया अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् ।

Recent Comments

Top