logo
Advertisement

प्रीयंका चोपडालाई पछि पार्दै जसिता गुरुङ ५४ औ स्थानमा

१९ माघ २०७७, सोमबार मा प्रकाशित

नेपाली फिल्मी क्षेत्रले पछील्लो समय छल्याङ मार्दै छ । रुपमा होस् या ट्यालेन्टमा नेपालीहरु विश्वका संग प्रतिस्पर्धामा उत्रिन थालएका छन् । यस्तैमा नेपाली फिल्मी नगरिकी सुन्दरी अभिनेत्री जसिता गुरुङ २०२० को १०० सुन्दरी भित्र पर्न सफल भएकी छन् । उनले ५४ औ स्थानमा अड्डा जमाएकी छन् । टिसि क्यालेन्डरले वार्षिक रुपमा गर्ने विश्वभरिका सुन्दरी सेलिब्रेटीहरुको सुचिमा नेपाल पहिलो पटक पर्न सफल भएको हुन् ।

जसिताले ५४ औ स्थानमा रहदा बलिउड अभिनेत्री प्रीयंका चोपडालाई समेत पछी पारेकी छिन् । चोपदा ९१ औ स्थानमा छिन् । यसअर्थमा गुरुङले सुन्दरिमा भारतलाई पनि जितेकी हुन् । टिसि क्यालेन्डरको यो ३१ औ श्रृङखला हो ।

उनको यो खवर पछि जसितालाई सुभकामना दिनेहरुको ओईरो लागेको छ । फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ बाट चर्चामा आएकी हुन् । दुईवटा फिल्मबाट नै चर्चामा रहेकी यी नायिकाको नाम यसरी आउदा उनको उचाई झनै बढेर गएको बुझ्न सकिन्छ । जसिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् ।

Recent Comments

Top