पाल्पाका अलिफ खान स्वरका धनी मात्र हैनन् उनी मनका पनि उत्तिकै धनी छन् । यो कुरा उनको बोली र व्यबहारबाट थाहा हुन आउँछ ।
अलिफ नेपाली गीतसंगीतलाई मन पराएर गीतसंगीतमा नै आफ्नो जीवन समर्पित गरेर भविष्य खोज्दै हिंडेको आज १० वर्ष भएको रहेछ । पाल्पादेखि गीतसंगीतको क्षेत्रमा केही गर्छु भन्ने सोंचेर काडमाण्डौ आएका अलिमलाई काठमाण्डौले भने आजसम्म चिन्न सकेन ।
उनीसंग भएको प्रतिभालाई हेर्ने हो भने अहिलेसम्म त अलिफ नेपाली गीतसंगीतको क्षेत्रमा एउटा स्टारको रुपमा चिरपरिचत भई सक्नु पर्ने हो । तर उनकोलागी त्यो प्लेट र्फम काठमाण्डौले दिनै सकेन । उनका कुरा तलको भिडियोमा सुनौं । भिडियोसहित:
Recent Comments