logo
Advertisement

करीनाले जन्माउदैछिन जुम्ल्याहा बच्चा ? आयो यस्तो खबर

१८ माघ २०७७, आईतवार मा प्रकाशित

बलिउड अभिनेत्री करीना कपूर खान र सैफ अली खान पूनः नयाँ सन्तानको जन्म दिने भएका छन् । उनीहरु पूनः बुवा आमा बन्न लागेकोमा खुशी साटासाट सोसल मिडिया मार्फत गरेका हुन् । करीनाले आगामी फेब्रुअरीमा अर्को सन्तानलाई जन्म दिने सैफ अली खानले जानकारी दिएका हुन् ।

सैफले आउने सन्तानले घरमा थप खुसी ल्याएको भन्दै अर्को जिम्मेवारीकालागी आफू तयार रहेको ’फिल्मफेयर’सँग कुरा गर्दै बताएका थिए । करीना र सैफको तैमुर अली खान रहेका छन् । करिनाको बेबी बम्प देखेर फ्यानहरु उनको पेटमा ट्विन्स् बेबी भएको अनुमान पनि लगाएका छन् ।

पछिल्ला दिनमा सैफ ताण्डव वेब सीरीजमा देखा परेका थिए । यसअघि उनले ’तान्हाजी द अनसंग वारियर’मा काम गरेका थिए । त्यस्तै करीना समेत यहि बर्ष लाल सिंह चड्डामा देखा पर्नेछिन् ।

Recent Comments

Top