logo
Advertisement

यस र एलिजाको “बिस्तारै बिस्तारै”(फोटोमा हेर्नुस्)

१६ माघ २०७७, शुक्रबार मा प्रकाशित

नेपाली फिल्म क्षेत्रमा सफल अनि लोकप्रिय नृत्यनिर्देशक हुन् गोविन्द राई । नेपाली मौलिक शैलीका गीत संगीत कोरियोग्राफीमा सफल देखिएका राई यतिबेल म्युजिक भिडियो निर्देशनमा ब्यस्त छन् ।

‘नागबेली’ नामक फिल्म समेत निर्देशन गरेका राई नयां फिल्म निर्माण निर्देशन कार्यलाई थाती राख्दै म्युजिक भिडियो निर्देशनमा जुटी रहेका छन् ।

केही फरक राम्रो प्रोजेक्टमा मात्रै आफुले काम गरेको बताउंने निर्देशक राईले हालै “बिस्तारै बिस्तारै” बोलको गीतको छायांकन सक्काएका छन् । अभिनेता यसराज गराच र अभिनेत्री एलिजा गौतमलाई फिर्चर्ड गरेर गोबिन्द इन्टरटेन्मेन्ट प्रा. लि. मार्फत पूर्वको झापामा गीतको छायांकन गरिएको हो ।

फिल्मी शैलीमै खिचिएको “बिस्तारै बिस्तारै” मा एलिस कार्कीको संगीत र प्रताप दास र कविता श्रेष्ठले स्वर भरेका छन् । दिपेन बस्नेतको छायांकन रहेको गीतमा ज्ञानु सुब्बाले कोरियोग्राफी सम्हालेका छन् ।

Recent Comments

Top