logo
Advertisement

काठमाडौको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

५ माघ २०७७, सोमबार मा प्रकाशित

काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा मंगलवार अचानक आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलावाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । आगलागी अन्यत्र फैलन नदिन यतिबेला प्रहरी र स्थानियबासीन्दा लागेका छन् । दमकलको सहायतामा आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागीको कारणबारे खुल्न नसकेको बताए । आगलागीको कारण बारे अहिले सम्म खुल्न सकेको छैन । पहिलो प्राथमिकता आगलागी नियन्त्रण हो हामी त्यसमा लागेका छौं :-काठमाडौको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागीउनले भने ।

Recent Comments

Top