logo
Advertisement

भाइरल सचिन भन्छन्,‘काठमाण्डौमा मलाई त केटीलाई कसरी चुप्पा गर्ने भनेर दाईहरुले सिकाउनु हुन्छ ।’

१७ पुष २०७७, शुक्रबार मा प्रकाशित

‘कस्तैले गाई भन्छन्, कस्तैले नाँच भन्छन्, कस्तैले चुप्पा गर भन्छन् । म त अचम्मैमा परें ।’ यो भनाई हो गुल्मीको तम्घासबाट आफ्नो सपनाको शहर काठमाण्डौ आएका सचिन परियारको । सचिनलाई यतिबेला नचिन्ने कोही पनि छैनन् । उनी गुल्मी तम्घासका बहुप्रतिभाशाली बाल कलाकार हुन् । उनलाई गीत गाउन मन पर्छ । गीत गाउँदै गर्दा हातका साईँली र बुढी औंला पट्काउँदै गीतको तालमा ताल मिलाउन मन पर्छ ।

हिजोआज त उनले बोलेका वाक्यका केही अशंहरु पनि टिकटकमा निकै नै भाइरल बनिरहेको पनि छन् । हँसिला अनुहारका सचिन साँच्चै माया लाग्दा बानी पनि छन् । मन पनि सचिनको साह्रै नै कमलो रहेछ । कसैको दुःख सुन्नै नसक्ने । सुन्यो कि रोईहाल्ने । उनको यो बानीले त झनै सबैलाई मोहीत नै बनाएको छ । काठमाण्डौ आएर आफुले पुतली भन्ने आफ्नी बहीनीलाई निकै नै मिस गरेको बताउँछन् सचिन । गाउँमा छैदा काठमाण्डौमा गएर गीत गाउने धोको राखेका सचिनको धोको पुरा भएको छ ।

उनले काठमाण्डौमा आएर गीत रेकर्ड पनि गराएका छन् । गीत रेर्कड भएपछि सचिन निकै खुशी पनि छन् । भन्छन्,‘काठमाण्डौमा त घरैघर हुने रहेछ । गाडी पनि कति धेरै हुन् । यहाँ त झिलीमिली बत्ति पनि रातैभरी बलि रहने हो रहेछ ।’ उनका यस्ता कुरा सुनेर सुन्नेहरु पनि मख्खै परे । आफ्नै पारामा कमेडी गर्ने सचिनको कमेडीमा वास्तविकता झल्किन्छ । हाँसी हाँसी बोल्ने र गीत गाउँने सचिनले काठमाण्डौमै बस्ने र यही बसेर पढ्ने इच्छा व्यक्त गरेका छन् ।

Recent Comments

Top