बलिउड अभिनेत्री करिना कपुर दोस्रोपटक आमा बन्ने भएकी छिन्। उनले यस अघि छोरा तैमुरलाई जन्म दिइसकेकी छन् । तैमुर पनि सामाजिक सञ्जालमा निकै भाइरल छन् । उनका भिडियो र तस्बिर समर्थकले निकै मन पराउँछन् ।
सन् २०१२ मा अभिनेता सैफ अलि खानसँग विवाह गरेकी करिनाले यसअघि छोरा जन्माएकी थिइन्। तैमुर अलि खानको जन्म सन् २०१६ मा भएको थियो। यतिबेला करिनाकी छोरा तैमुर ४ वर्षको हुन लागेका छन्।
हालै सामाजिक संजालमा करिनाले गर्भवती अवस्थाको फोटो पोस्ट गरेकी छिन्। उनले तस्बिरमा आफ्नो बेली बम्प देखाएकी छन्। हाल उनका समर्थकले दोस्रोपटक आमा बन्न लागेकी करिनालाई शुभकामना दिइरहेका छन्।
Recent Comments