logo
Advertisement

अभिनेत्री जुही चावलाको १५ वर्ष पुरानो हिराको झुम्का हरायो, भेटाउनेलाई नगद पुरस्कार

२ पुष २०७७, बिहीबार मा प्रकाशित

बलिउड नायिका जुही चावलाले आफ्नो हराएको हिराजडित झुम्का भेट्टाउनेलाई पुरस्कार दिने घोषणा गरेकी छिन् ।

उनको हिरा जडित झुम्का मुम्बई एअरपोर्टमा हराएको थियो । झुम्का हराएको थाहा पाउने बित्तिकै जुहिले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन् ‘आइतबार बिहान मुम्बई एअरपोर्टको गेट नम्बर ८ बाट म चेकइन भएकी थिएँ । सुरक्षा चेकअप भयो ।

विचमा मेरो झुम्का हरायो । यदि कसैले मेरो हराएको झुम्का खोज्न मद्दत गर्छ भने म निकै खुसी भएर पुरस्कार पनि दिने छु ।’राजधानि दैनिकमा खबर छ । यदि कसैले भेट्टाएर प्रहरीलाई जानकारी दिएपनि पुरस्कार दिने उनले बताएकी छिन् । उनले अगाडी भनेकी छिन् ‘यो मैले १५ वर्षदेखी लगाउदै आएको झुम्का हो प्लिज खोज्न मद्दत गर्नुस् है ।’ यो पोष्टसंगै उनले आफुले लगाएको झुम्काको फोटो पनि सार्वजनिक गरेकी छिन् ।

साथै उनले एअरपोर्टको खराब सेवाको कारण यात्रुहरुले लामो समय कुर्नुपर्ने भन्दै एअरपोर्ट प्रशासनको आलोचना गरेकी छिन् ।

Recent Comments

Top