logo
Advertisement

तेजस रेग्मीको आज जन्मदिन कती बर्ष लागे त आजबाट?

२ पुष २०७७, बिहीबार मा प्रकाशित

पिँडालु, भँगेरी, छोटो कपाल, घुम्पाकुम, नाकै हेर्दा थाहा हुने, लगायतका हिट गीतका गायक तथा सर्जक हुन् तेजस रेग्मी ।

बाग्लुगंको बिनामारेमा जन्मे हुर्केका तेजसलाई बिहानैदेखि शुभचिन्तक तथा आफन्तले शुभकामनाको वर्षात गराइरहेका छन् । उनले ओएस नेपालसँगको कुराकानीका क्रममा आफु आजबाट आइसी बिस वर्षको भएको बताउँदै लामो हाँसो हाँसे ।

२ सन्तानका पिता तेजसले जन्मदिनकै दिन ओएस नेपालसँगको कुराकानीका क्रममा अर्को साता नयाँ गीतको तयारी गरेको बताए ।

कोरोना महामारीका कारण धुमधामले जन्मदिन मनाउने त्यस्तो कुनै योजना नभए पनि परिवार र साथीभाईबिच सामान्य तरिकाले जन्मदिन मनाउने उनको तयारी रहेको छ ।

Recent Comments

Top