logo
Advertisement

सोनाल र कस्मता को ‘माया बस्छ कि के हो’

१ पुष २०७७, बुधबार मा प्रकाशित

को’रोनाका कारण ब’न्द रहेका फिल्म क्षेत्र अब चलायमान हुन थालेको छ । सिनेमा हल खोल्ने तयारी भएसंगै प्रेमकथानक फिल्म ‘माया बस्छ कि के हो’ ले आफ्नो फस्र्टलुक पोस्टर रिलिज गरेको छ ।

राजु अधिकारीको निर्देशनमा बनेको फिल्मको राजधानीमा मंगलबार आयोजीत प्रेसमिटमा फस्र्टलुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको हो । नवअभिनेता सोनाल तामाङ र नवअभिनेत्री कस्मता निरौला प्रमुख भूमिकामा रहेको फिल्मको पोस्टरमा उनीहरुलाई नै फोकस गरिएको छ । शरद अधिकारीको प्रस्तुतिमा बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको फिल्मको कथा आरती अधिकारीले लेखेकी हुन् ।

हल खुलेपछि प्रदर्शन मिति तय गरिने फिल्मको एसोसिएट डिरेक्टरमा आशुतोष अधिकारी र मुख्यसहायक निर्देशकमा दीपक अधिकारी छन् । कार्यक्रममा निर्देशक अधिकारीले आफूहरु गुणस्तरिय फिल्म निर्माणको पक्षमा रहेको बताउदै ‘माया बस्छ कि के हो’ उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको दावी गरे । उनले कथाको मागअनुसार नै फिल्म बेल्जियम, स्वीजरल्याण्ड, र नेदरल्याण्डका बिभिन्न स्थानमा खिचिएको जानकारी दिए ।त्यसैगरी, प्रस्तुतकर्ता शरदले बिशेषत युवा पुस्तालाई लक्षित गरिएको भए तापनि ‘माया बस्छ कि के हो’ ले आम दर्शकको मन छुनेमा आशावादी रहेको बताए । अर्जुन पोखरेलको शब्द र संगीत रहेको सो गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । रामजी लामीछानेले कोरियोग्राफी गरेको गीतमा सोनाल र कस्मतालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

 

अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा सोनाल र कस्मताका साथमा उपेन्द्र थापा,नरेन्द्र थापा,बेनी ढुंगाना,सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन् ।

Recent Comments

Top